जनकपुरधाम, १० मंसिर । प्रदेशसभा अन्तर्गत सर्लाही–२ (ख) मा नेपाली कांग्रेसका कौशलकिशोर राय निर्वाचित भएका छन् ।

राय ९ हजार ६२६ मत ल्याई विजयी भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी लोकातान्त्रिक समाजवादीका उम्मेदवार मेथुर चौधरीलाई १७९ मतान्तरले पराजित गरे ।

पराजित चौधरीले ९ हजार ४४७ मत ल्याएका छन् । यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सांसद समेत रहेका जनता समाजवादीका उम्मेदवार अशोक यादवले ८ हजार ९४०मत प्राप्त गरे ।