जनकपुरधाम, १० मंसिर । धनुषाको नर्वाचन क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्की विजयी भएका छन् ।

पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादवलाई ५ हजार ९४८ मतको अन्तरले पराजित गर्दै कार्कीले जित हात पारेका हुन् ।

विजयी कार्कीले २७ हजार ४३१ मत प्राप्त गर्दा मातृकाले २१ हजार ४८३ मत मात्रै ल्याए ।

तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४६७ र पाँचौ स्थानमा रहेका राप्रपाका उम्मेदवार मनोज मल्ल ठकुरीले ८ हजार २७३ मत पाए ।