आवश्यक परे गठबन्धन गरेर अगाडि बढछौं : रवि लामिछाने

चितवन, ९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परेमा आफ्नो पार्टीले तालमेल गर्ने वा गठबन्धन गरेर अगाडि जाने बताएका छन् ।
शुक्रबार चितवनमा प्रमाणपत्र बुझेपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचनमा आफूहरुले कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा गठबन्धन गरेर अगाडि जाने लामिछानेले बताए ।उनले देश हितका लागि आवश्यक परेको खण्डमा आफूहरुले अरु पार्टीसँग गठबन्धन गर्ने बताएका हुन् ।
उनले आफूलाई जिताएकोमा चितवनवासीलाई धन्यवाद पनि दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


