महोत्तरी–२ बाट लोसपाका शरत सिंह भारी मतान्तरले निर्वाचित

जनकपुरधाम, ९ मंसिर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–२ बाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता शरत सिंह भण्डारी भारी मतान्तरले निर्वाचित भएका छन् ।
तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ नेता डा. विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले हराउँदै भण्डारी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मत ल्याएका छन् ।
त्यस्तै, नेकपा एमालेका डा. राम परीक्षण यादवले १० हजार २५८, जनमत पार्टीका उमेशकुमार यादवले ५ हजार ९७१ र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत ल्याए ।
विगत ४० वर्षदेखि राजनीतिमा सक्रिय भण्डारी पञ्चायती, राजतन्त्र, गणतन्त्र सबै व्यवस्थामा महोत्तरीका जनताको प्रतिनिधित्व गर्ने अवसर पाएका छन् । भण्डारी यो निर्वाचन सहित अहिलेसम्म ९ पटक संसदीय चुनावमा प्रतिस्पर्धा गरिसकेका छन् । जसमध्ये ७ पटक उनी निर्वाचित भएका छन् भने दुईपटक पराजित भएका छन् ।
यसअिघ उनी २०३८, २०४२, २०५१, २०५६, २०६४ र २०७४ सालको संसदीय निर्वाचनमा जितेका थिए भने २०४८ र २०७० सालमा पराजय व्यहोर्नु परेको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


