धनुषा-३ मा एमालेकी जुली निर्वाचित

जनकपुरधाम, ९ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो विजयी भएकी छन् ।
सत्ता गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गर्दै जुली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
जुलीले ३३ हजार ३५५ मत ल्याउँदा अनिलले २३ हजार ६८६ मत मात्र ल्याए । त्यस्तै जनमतका उम्मेदवार शम्भुनाथ साहले ७ हजार ३७४ मत पाएका छन् ।
एमालेले यस क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो । यहाँ लामो समयपछि एमाले जितेको हो ।
यसअघि २०७० को निर्वाचनमा जुलीलाई हराउँदै कांग्रेसका विमलेन्द्र निधि विजयी भएका थिए । त्यस्तै, २०७४ मा यो क्षेत्रबाट तत्कालीन राजपा नेपालका नेता राजेन्द्र महतो निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


