अरगरियालाई हराउँदै धनुषा-२ बाट कांग्रेसका रामकृष्णको जीत

जनकपुरधाम, ९ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यमा सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका रामकृष्ण यादव निर्वाचित भएका छन् ।
नेकपा एमालेका उमाशंकर अरगरियालाई १५७ मतको अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।
यादवले २० हजार ११२ मत प्राप्त गर्दा अरगरियाले १९ हजार ९५५ मत ल्याएका छन् ।
त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का रामचन्द्र झाले १३ हजार ६०५ मत प्राप्त गरे । जनता समाजवादी पार्टी नेपालका गंगाराम यादवले १२ हजार ९०१ र जनमत पार्टीका जयनारायण साहले ९ हजार ९९२ मत प्राप्त गरे ।
यादव वि.सं २०६४ र २०७० को पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा साविकको निर्वाचन क्षेत्र नम्बर-२ बाट निर्वाचित भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


