धनुषा-३ (ख) बाट दिपेन्द्र ठाकुर निर्वाचित

जनकपुरधाम, ९ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर-३ (ख) बाट नेकपा एमालेका दिपेन्द्र कुमार ठाकुर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् ।
आफ्ना निकटतम प्रतिस्पर्धी लोसपा नेपालका उम्मेदवार परमेश्वर साहलाई १ हजार ४०३ मतान्तरले पराजित गर्दै ठाकुर निर्वाचित भएका हुन् ।
ठाकुरले ८ हजार २२० मत पाउँदा साहले ६ हजार ८१७ मत मात्र पाउन सकेका छन् ।
यस्तै जनमत पार्टीका रामबाबु साह कलवारले ३ हजार ६०५, तराई मधेश लोकतान्त्रिक पार्टीका असगर अली राइनले ३ हजार २११ र स्वतन्त्र उम्मेदवार हरिशंकर साहले २ हजार ९९८ मत ल्याए ।
यसअघि २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट परमेश्वर साह तत्कालिन राजपा नेपालबाट निर्वाचत भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


