सिरहा–४ बाट जसपाका वीरेन्द्रप्रसाद महतो निर्वाचित

जनकपुरधाम, ९ मंसिर । सिरहाको निर्वाचन क्षेत्र नम्बर-४ मा जनता समाजवादी पार्टी नेपालका डा. वीरेन्द्रप्रसाद महतो विजयी भएका छन् ।
महतो २४ हजार १०२ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका वीरेन्द्रप्रसाद साहले १६ हजार १९४ मत ल्याएका हुन् ।
नेकपा एकीकृत समाजवादीका धर्मनाथप्रसाद साहले १४ हजार ६५३ मत प्राप्त गरे ।
सिराहा–४ मा विजयी महतो २०७० को दोस्रो संविधानसभामा समानुपातिकतर्फबाट सभासद् भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


