सर्लाही–३ बाट एमालेका हरिप्रसाद उप्रेती निर्वाचित

जनकपुरधाम, ९ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नं. ३ बाट नेकपा एमालेका हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेन्द्र साहलाई ७७० मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
उप्रेतीले ३२ हजार ९३८ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका साहले ३२ हजार १६८ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीका उम्मेदवार त्रिभुवन सिंहले ५ हजार ५१९ मत ल्याएका छन् ।
उप्रेती २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
अब जिल्लाको निर्वाचन क्षेत्र नं २ प्रदेशसभा (ख) र प्रतिनिधिसभा–२ को मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


