बारा-३ बाट एमालेकी ज्वाला साह निर्वाचित

बारा, ९ मंसिर । बाराको निर्वाचन क्षेत्र नम्बर-३ बाट नेकपा एमालेकी ज्वालाकुमारी साह विजयी भएकी छन् । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादवलाई हराउँदै ज्वाला प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
ज्वालाले २० हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी यादवले १७ हजार २७९ मत पाए । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंहले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३ हजार ५७९ मत पाएर चौथो भएका छन् ।
जनमत पार्टीकी राधिका देवी साहले ३ हजार ३३१, भङ्गेरा चिह्नमा चुनाव लडेका कलामुदीनले १ हजार ८७८, एकीकृत शक्ति नेपालका नरेशकुमार चौलागाईंले १ हजार ७५, नेपाल लोकतान्त्रिक पार्टीका महम्मद शानी ठकुराईले १ हजार ४४ मत प्राप्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


