सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै अमरेश सिंह सर्लाही-४ बाट निर्वाचित

जनकपुरधाम, ८ मंसिर । सर्लाही क्षेत्र नम्बर-४ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह पुन: निर्वाचित भएका छन् ।
सिंह २० हजार १७ मत ल्याएर आफ्ना निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता नागेन्द्र कुमारलाई पराजित गरेका हुन् ।
सिंहले नागेन्द्रलाई १ हजार ७६५ मतको अन्तरले पराजित गरेका छन् । नागेन्द्रले १८ हजार २५२ मत ल्याएका छन् ।
त्यस्तै, स्वतन्त्र उम्मेदवार मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरेकी छन् ।
कांग्रेसले सिंहलाई टिकट नदिएर नागेन्द्रलाई उम्मेदवार बनाएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


