सप्तरी, ८ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार नवल किशोर साह निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५७२ मतको अन्तरले हराउँदै साह प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

नवलले २३ हजार ५६४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी जनमतका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका उम्मेदवार रामदेव साह १४ हजार ३१२ मत प्राप्त गरि तेस्रो स्थानमा सीमित भए ।

नेता साह यसअघि २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भई मधेस प्रदेशको सामाजिक विकासमन्त्री बनेका थिए ।