झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

झापा, ८ मंसिर । झापाको निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन विजयी भएका छन् ।
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै लिङ्देन दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।
लिङ्देनले सिटौलालाई ३ हजार २७६ मतान्तरले पराजित गरेका छन् । लिङ्देनले ४० हजार ६४८ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३७२ मत पाएका छन् ।
लिङ्देन यसअघि ०७४ मा पनि यही क्षेत्रबाट सिटौलालाई हराउँदै विजयी भएका थिए । लिङ्देनलाई एमालेको सहयोग थियो भने सिटौला सत्तागठबन्धनबाट उम्मेदवार बनेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


