सप्तरी, ८ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दिनेशकुमार यादव निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीलाई हराउँदै दिनेश विजयी भएका हुन् ।

दिनेशले २६ हजार १६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार ३०० मत प्राप्त गरे ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका यादवले यसअघि लगातार दुईपटक सोही क्षेत्रबाट पराजय भोगेका थिए ।