मधेस प्रदेशका अर्थमन्त्री साहलाई जनमतका सिंहले हराए

जनकपुरधाम, ६ मंसिर । मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह पराजित भएका छन् ।
सप्तरी क्षेत्र नम्बर २ को (क)बाट उम्मेदवार रहेका साहलाई जनमत पार्टीका सतिश सिंहले भारी मतान्तरले पराजित गरेका हुन् ।
सिंहले १६ हजार ७३४ मत प्राप्त गरि विजयी हुँदा साहले ८ हजार २९२ मत मात्र पाउन सकेका छन् ।
सप्तरी-२ को प्रदेश सभाको दुबै क्षेत्रमा जनमत पार्टीले जित निकालेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


