जनकपुरधाम, ६ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपक कार्कीले अग्रता कायमै राखेका छन् ।

कार्कीले २ हजार ५७ मत प्राप्त गर्दा नेकपा माओवादी केन्द्रका उम्मेदवार मातृका प्रसाद यादवले १ हजार ५८३ मत ल्याएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मनोज मल्ल ठकुरी १ हजार ५१५ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोरी साह कमलले १ हजार २६६ मत मात्र पाउन सकेका छन् ।