सप्तरी-२ मा सीके राउतको फराकिलो अग्रता, जित निकाल्ने सम्भावना बलियो

जनकपुरधाम, ६ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तर्फ जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले शुरूदेखि नै फराकिलो अग्रता जारी राखेका छन् ।
राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् । त्यहाँ उनको जित निकाल्ने सम्भावना बलियो बनेको छ ।
राउत ८ हजार ९३० मतसहित अग्रस्थानमा रहेका छन् भने जसपा अध्यक्ष यादवले ३ हजार ९५० मत मात्र पाएका छन् ।
लोसपाका जयप्रकाश ठाकुर भने १ हजार ६१४ मतसहित तेस्रो स्थानमा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


