जनकपुरधाम, ६ मंसिर । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–२ मा सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवले आफ्नो अग्रता कायमै राखेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोलाई महिन्द्रले २७२ मतले पछाडि पारेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार महिन्द्रले १ हजार ११४ मत प्राप्त गरेका छन् भने राजेन्द्रले ८४२ मत पाएका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार राजनारायण साहले ५९६ मत ल्याएका छन् ।

मतगणना जारी रहेको छ ।