जनकपुरधाम, ६ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले अग्रता कायम राखेकी छन् ।

जुलीले २ हजार ५४४ मत ल्याएकी छन् भने पाँचदलीय गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा २ हजार १०३ मत ल्याएर दोस्रो स्थानमा रहेका छन् ।

पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका उम्मेदवार शम्भुनाथ साहले ८२८ मत प्राप्त गरेका छन् ।

ताजा मतपरिणामअनुसार जुली अनिलभन्दा ४४१ मतले अगाडि रहेकी छन् ।