जनकपुरधाम, ६ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा तर्फ जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले फराकिलो अग्रता कायम गरेका छन् ।

राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बरभन्दा बढी मतले पछाडि पारेका छन् । त्यहाँ उनको जित निकाल्ने सम्भावना थप बलियो बनेको छ ।

राउत ८ हजार ४२० मतसहित अग्रस्थानमा रहेका छन् भने जसपा अध्यक्ष यादवले ३ हजार ६३३ मत मात्र पाएका छन् ।

लोसपाका जयप्रकाश ठाकुर भने १ हजार ६३० मतसहित तेस्रो स्थानमा छन् ।