जनकपुरधाम, ६ मंसिर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ मा प्रतिनिधिसभातर्फको पछिल्लो मतपरिणामअनुसार लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अग्रता बढाएका छन् ।

यसअघि दोस्रो स्थानमा रहेका ठाकुर पछिल्लो मतपरिणामअनुसर अग्रता बढाएका हुन् ।

अध्यक्ष ठाकुरले ६ सय मत गन्दासम्म २५७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार रामआधार कापरले २४७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार हरिनारायण यादवले मात्र ३४ मत पाएका छन् ।

४३ मत भने बदर भएको छ ।