धनुषा–१ मा जसपा अगाडि, राप्रपाले पछ्याउँदै

जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ को पछिल्लो मतपरिणामअनुसार १ हजार ४८३ मत गन्दा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दिपक कार्कीले अग्रता कायम गरेका छन् ।
कार्कीले ४३४ मत प्राप्त गर्दा राप्रपाका मनोज मल्ल ठकुरीले ४२० मत ल्याएका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव ३४८ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोरी साह कमलले १७३ मत मात्र पाउन सकेका छन् ।
मुचुल्का बेपत्ता हुँदा केहीबेर स्थगित भएको धनुषा–१ को प्रतिनिधिसभाको गणना पुनः सुचारु भएको छ । प्रदेशसभाको मतगणना सुरु गर्न सहमति जुटाइँदै छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


