सप्तरी–२ मा उपेन्द्रभन्दा दोब्बर मतले सीके अगाडि

जनकपुरधाम, ५ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा जनमत पार्टीका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
प्रतिनिधिसभातर्फ सप्तरी–२ मा जनमतका अध्यक्ष डाक्टर सीके राउतले जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई दोब्बर मतले पछाडि पारेका छन् । त्यहाँ उनको जित निकाल्ने सम्भावना थप बलियो बनेको छ ।
सीके राउत ५ हजार ७१८ मतसहित अग्रस्थानमा रहेका छन् भने जसपा अध्यक्ष उपेन्द्रले मात्र २ हजार ६४७ मत ल्याएका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार जयप्रकाश ठाकुर १ हजार २०९ मतसहित तेस्रो स्थानमा छन् ।
त्यस्तै, प्रदेशसभा तर्फ सप्तरी २ को (क) मा जनमत पार्टीका सतिश कुमार सिंह ५ हजार ४२३ मतसहित अग्रस्थानमा रहेका छन् । त्यहाँ जसपाका उम्मेदवार शैलेन्द्र प्रसाद साहले २ हजार ६२९ मत प्राप्त गर्दा लोसपाका सरोजकुमार मण्डलले २ हजार १७ मत ल्याएका छन् ।
प्रदेशसभा तर्फ सप्तरी २ को (ख) मा पनि जनमतकै उम्मेदवारको अग्रता रहेको छ । त्यहाँ जनमत पार्टीका महेश प्रसाद यादव ३ हजार ८५७ मतसहित अग्रस्थानमा रहेका छन् । त्यस्तै, माओवादी केन्द्रका उम्मेदवार उमेश कुमार यादवले २ हजार ८६ मत मात्र प्राप्त गरेका छन् भने जसपाका लक्ष्मण यादवले १ हजार ५७५ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


