धनुषा–१ मा जसपाका दिपक कार्की झिनो मतले अगाडि, ठकुरीले पछ्याउँदै

जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा ९ सय ६५ मत गन्दा जनता समाजवादी पार्टी नेपालका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
जसपाका दिपक कार्की २८४ मत प्राप्त गर्दा राप्रपाका मनोज मल्ल ठकुरीले २८३ मत पाएका हुन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव २२३ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोरी साह कमलले १०३ मत मात्र पाउन सकेका छन् ।
मतगणना जारी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


