जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ मा ५ सय मत गन्दा जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले बराबर मत ल्याएका छन् ।

५ सय मत गन्दा जसपाका दिपक कार्की र राप्रपाका मनोज मल्ल ठकुरीले समान १४६ मत पाएका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका मातृका प्रसाद यादव १०८ मत ल्याएर तेस्रो स्थानमा छन् भने जनमत पार्टीका किशोरी साह कमलले ४९ मत मात्र पाउन सकेका छन् ।

मतगणना जारी रहेको छ ।