जनकपुरधाम, ५ मंसिर । धनुषाको निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ को मतगणना समाप्त हुँदा नेकपा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले ६०८ मत ल्याएकी छन् ।

यस्तै, पहिलो पटक चुनावमा होमिएको जनमत पार्टीका शम्भुनाथ साहले ३२० र पाँचदलीय गठबन्धनबाट लोसपाका अनिल झाले ३१५ मत ल्याएका छन् ।

यस्तै ८४ मत बदर भएको छ । अब वडा नम्बर–२० को मतगणना सुरु भएको छ ।

त्यस्तै, प्रदेशसभातर्फ धनुषा ३ (क) को रामुपरको सम्पूर्ण मतगणना हुँदा जनमत पार्टीका उम्मेदवार डाक्टर प्रसन्न झाले ५७४ मत प्राप्त गरी अग्रता कायम गरेका छन् ।

प्रसन्नलाई सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादवले ३७९ मत ल्याएका छन् भने एमाले–जसपा गठबन्धनबाट जसपाका उम्मेदवार जितेन्द्र यादवले २६४ मत प्राप्त गरेका छन् ।