सप्तरी–२ मा डाक्टर सीके राउत उपेन्द्र यादवभन्दा तेब्बर मतले अगाडि

जनकपुरधाम, ५ मंसिर । सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ मा जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउतले जित निकाल्ने सम्भावना थप बलियो भएको छ ।
उनी २ हजार ४०२ मतसहित अग्रतामा जसपा अध्यक्ष उपेन्द्र यादव भन्दा तेब्बरले मतले अगाडि छन् ।
उनलाई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ७६८ मतसहित पछ्याइरहेका छन् ।
लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ५५० मतसहित तेस्रो स्थानमा छन् । त्यहाँ अहिलेसम्म २६० वटा मत बदर भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


