धनुषाको कमला नगरपालिकास्थित एक मतदान केन्द्रमा पुनः मतदान हुँदै

जनकपुरधाम, ४ मंसिर । धनुषाको कमला नगरपालिकाको एक मतदान केन्द्रमा मत खसाएर घर फर्किसकेका मतदातालाई बोलाएर फेरि मतदान गर्न लगाइएको छ ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा अवस्थित कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा रहेको बिलट बौकु मावि (क) केन्द्रको मतदान बिहान ७ बजेदेखि नै सुरु भई ७३ जनाले मत खसाइसकेको अवस्थामा प्राविधिक त्रुटि भेटिएपछि मतदान स्थगित गरिएको थियो ।
त्यस मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेशसभाको ब्यालेट पेपर सुरुमै राखेर त्रुटि गर्दा विवाद उत्पन्न भएको थियो । बिहान ९ बजेसम्म खसेको ७३ वटै मतलाई बदर गरि त्यहाँ दिउँसो १ बजेदेखि पुनः मतदान सुरु भएको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


