जनकपुरधाम, ४ मंसिर । धनुषाको एक मतदान केन्द्रमा अझै मतदान सुरु हुन सकेको छैन् ।

जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा अवस्थित कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा रहेको बिलट बौकु मावि (ख) केन्द्रको मतदान सुरु हुन नसकेको हो ।

मतपेटिकामा सामान्य गडबडी भएको भन्दै मतदान सुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए ।

उनले सामान्य प्राविधिक त्रुटि भएको र त्यसलाई सच्याइसकिएकोले अबको केहीबेरमा मतदान सुरु हुने जानकारी दिएका छन् ।

प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा मतदान सुरु हुन नसकेको मतदान अधिकृत धर्मअवतार कोइरालाले जानकारी दिए ।