बिहान ७ बजेदेखि देशभर मतदान जारी

काठमाडौं, ४ मंसिर । आज बिहान ७ बजेदिखि प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान कार्य सुरू भएको छ ।
प्रत्यक्षतर्फ १६५ सिटका लागि भइरहेको निर्वाचनमा देशभरबाट २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमा १ हजार ५४५ जना विभिन्न राजनीतिक दलका र ८६७ जना स्वतन्त्र उम्मेदवार छन् ।
त्यस्तै, प्रदेशसभाका लागि देशभर ३ हजार २२४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । जसमध्ये २ हजार १३० जना विभिन्न राजनीतिक दलका र १ हजार ९४ स्वतन्त्र उम्मेदवार छन् ।
निर्वाचनमा देशभर ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ जना अन्य गरी १ करोड ७९ लाख ८८ हजार ५७० हजार मतदाताले आ-आफ्नो मताधिकारको प्रयोग गरिरहेका छन् ।
निर्वाचनका लागि देशभर १० हजार ८९२ मतदानस्थलमा २२ हजार २२७ मतदान केन्द्र रहेका छन् ।
निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कारागार र वृद्धाश्रमहरूमा गरी १४१ वटा अस्थायी मतदानस्थल तोकिएको छ ।
चुनावमा २ लाख ४६ हजार ९६० जना कर्मचारी खटिएका छन् ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेनाका ७४ हजार ८४९, नेपाल प्रहरीका ७१ हजार ६९३, सशस्त्र प्रहरी बलका ३५ हजार ११६, राष्ट्रिय अनुसन्धान विभागका १ हजार ८२१ सुरक्षाकर्मी खटिएका छन् ।
चुनावका लागि भर्ना भएका १ लाख १५ हजार म्यादी प्रहरी पनि सुरक्षामा खटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


