तनहुँ, ३ मंसिर । तनहुँमा असोज र कार्तिक महिनामा ८२३ जनामा डेंगु संक्रमण भएको पुष्टि भएको छ ।

डेंगु संक्रमण बढेसँगै निको हुनेको सङ्ख्या पनि बढ्दै गएका कारण अस्पतालमा भीड कम हुन थालेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

धेरैजसो डेंगु पोजेटिभका बिरामी आफ्नै घरमा बसेर आराम गरिरहेकाले पनि अस्पतालमा हुने भीडमा कमी आएको उनले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत ४० भन्दा बढी प्रहरीहरुमा पनि डेंगु संक्रमण भएको छ ।

कार्यालयमा प्रहरी जवानदेखि प्रहरी नायव निरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव उपरीक्षकसम्मका व्यक्तिलाई डेंगु संक्रमण भएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।