एजेन्सी, ३ मंसिर । कतारमा आइतबारबाट सुरू हुने फिफा विश्वकपअघिको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा बेल्जियम पराजित भएको छ ।ऊ शुक्रबार राति इजिप्टसँग २–१ ले पराजित भएको हो ।

कुवेतस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा खेलको ३३ औं मिनेटमा मुस्ताफा मोहम्मदले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए ।

४६ औं मिनेटमा ट्रेजग्वेटले टोलीको अग्रता दोब्बर बनाए । ७६ औं मिनेटमा लोइस ओपेन्डाले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा इजिप्टले २–१ को रोमाञ्चक जित निकाल्यो ।

समूह ‘एफ’ मा रहेको बेल्जियमले २४ नोभेम्बरमा क्यानडाविरुद्व खेल्दै विश्वकपको सुरूवात गर्नेछ । अर्काे मैत्रीपूर्ण खेलमा सर्बियाले बहराइनविरुद्ध ५–१ को शानदार जित हात पारेको छ ।