चोटका कारण सादियो मानेले विश्वकप गुमाउने

एजेन्सी, २ मंसिर । सेनेगलका स्टार फरवार्ड सादियो मानेले कतारमा २० नोभेम्बरदेखि सुरु हुने फिफा विश्वकप गुमाउने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखले मानेले विश्वकप गुमाउने पुष्टि गरेको हो ।
केहि दिनअघि सेनेगल फुटबल फेडेरेसनले मानेले विश्वकपको पहिलो खेल गुमाउने जनाएको थियो । दायाँ खुट्टाको चोटका बाबजुत माने सेनेगलको विश्वकप खेल्ने टोलीमा परेका थिए । तर, चोटको शल्यक्रिया गरेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो ।
माने करिब ३ महिना मैदान बाहिर रहने छन् । फरवार्ड माने बुन्डेसलिगा अन्तर्गत वेर्डेर ब्रेमेनविरुद्धको खेलमा घाइते हुन पुगेका थिए ।समूह ‘ए’ मा रहेको सेनेगलले २१ नोभेम्बरमा नेदरल्याण्ड्ससँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


