अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अल्बानियाविरुद्ध इटाली ३–१ ले विजयी

एजेन्सी, १ मंसिर । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली अल्बानियाविरुद्ध इटाली ३–१ ले विजयी भएको छ ।
बिहीबार बिहान एयर अल्बानिया स्टेडियममा भएको खेलमा इटालीलाई जित जिताउन भिन्चेन्जो ग्रिफोले दुई तथा जियोभानी डि लोरेन्जोले एक गोल गर्दा अल्बानियाका लागि अर्डियन इस्माजलीले एक गोल गरे ।
खेलको सुरुआती अग्रता भने घरेलु टोलीले लिएको थियो । १६ औं मिनेटमा इस्माजलीले अल्बानियालाई अग्रता दिलाएका थिए । २० औं मिनेटमा डि लोरेन्जोले इटालीलाई १–१ को बराबरीमा ल्याए ।
२५ औं मिनेटमा ग्रिफोले गोल गर्दा पाहुना टोली २–१ ले अघि बढ्यो । ६४ औं मिनेटमा ग्रिफोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३–१ को जित दिलाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


