काठमाडौं, ३० कार्तिक । सर्वोच्च अदालतले फिफा विश्वकपका लागि शुल्क लिन पाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन आदेश जारी गरेको हो ।

आदेशमा महत्त्वपूर्ण चार खेल जस्तै– उद्घाटन, दुई सेमी–फाइनल र फाइनल खेल सर्वसाधरणले निःशुल्क रुपमा हेर्न पाउने उल्लेख छ ।मिडिया हब र हिमालयन टेलिभिजन नेटवर्कबीच करार भएअनुसार अन्य खेलका लागि भने शुल्क लिन पाउने आदेश जारी गरेको हो ।

सर्वोच्चको आदेशअनुसार अन्य खेल हेर्न इच्छुक दर्शकले मिडिया हबले निर्णय गरेबमोजिमको शुल्क तिरेर विश्वकप फुटबलका खेलसँगै अन्य कार्यक्रम हेर्न सक्नेछन् ।