भारतका प्रधानमन्त्री मोदी र फ्रान्सका राष्ट्रपति म्याक्रोबिच भेटवार्ता

एजेन्सी, ३० कार्तिक । प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी–ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा इण्डोनेसियाको भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री मोदीले बुधबार विश्वका सात नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । उनले इण्डोनेशिया, स्पेन, सिङ्गापुर,जर्मनी, इटाली, अष्ट्रेलिया र संयुक्त अधिराज्यका सरकार/राष्ट्रप्रमुखसँग द्विपक्षीय समझदारी गर्ने कार्यक्रम छ । जी ट्वेन्टीको शिखर बैठकमा भाग लिने क्रममा उनी इण्डोनेसियाको तीनदिने भ्रमणमा रहेका छन् ।
त्यसअघि प्रधानमन्त्री मोदीले समूहको अध्यक्षता ग्रहण गर्दै जी ट्वेन्टीलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने तथा त्यसलाई समावेशी, महात्वाकांक्षी, निर्णायक एवम् कार्यउन्मुख बनाउने दृढता व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


