५१ हजार ४४६ जनामा डेंगु संक्रमण पुष्टि

काठमाडौं, ३० कार्तिक । यसवर्ष गतसाउन महिना यता नेपालमा ५१ हजार ४४६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
सातै प्रदेशका ७७ वटै जिल्लामा डेंगु देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले बताएका हुन् ।
अधिकारीका अनुसार हालसम्म डेंगु संक्रमणबाट नेपालमा ५८ जनाको ज्यान गएको छ ।
शीर्ष १० जिल्ला, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, दाङ, धार्दिङ, रुपन्देही, काभ्रेपलाञ्चोक र सुर्खेत रहेका सह–प्रवक्ता अधिकारीले जानकारी दिए ।
उनका अनुसार यी १० जिल्लामा मात्रै ४२ हजार ९७२ डेंगी संक्रमण भएको छ । यो भनेको कुल संक्रमणको ८४ प्रतिशत हो ।
काठमाडौंमा १३ हजार ८३३ र ललितपुरमा ९ हजार ५४० र भक्तपुरमा ५ हजार ५०४ जनामा डेंगु पुष्टि भएको अधिकारीले बताए ।
३६औँ हप्तामा उच्च विन्दुमा पुगेको र त्यसपछि घट्दै गएको सहप्रवक्ता अधिकारीको भनाइ छ । अहिले डेंगु संक्रमणको ४४औँ हप्ता पुगेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


