पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रन्छ : कप्तान चन्द

काठमाडौं, २९ कार्तिक । नेपाली फुटबल टोलीका कप्तान रोहित चन्दले नेपाल भ्रमणमा रहेको पाकिस्तानविरुद्ध नेपाली टोली उच्च मनोबलका साथ मैदान उत्रिने बताएका छन् ।
मंगलबार आयोजित प्रि–म्याच कन्फरेन्समा चन्दले पाकिस्तान नेपाली टोलीका लागि राम्रो प्रतिस्पर्धी भएको र बुधबार हुन खेलमा नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताएका हुन् ।
फिफाको प्रतिबन्ध पछि फुटबलमा फर्किएको पाकिस्तानसँग यसअघि बंगलादेशसँग भएको खेलमा निकालेको जितबाट टोलीलाई उच्च मनोबल मिलेको र सोही मनोबलका साथ खेल्ने कप्तान चन्दले बताएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा रोहित आफूले कप्तानी पाउँदा खुशी लागेको तर नेपालको लागि खेल्न पाउनु नै आफ्नो लागि ठूलो कुरा रहेकोसमेत बताए ।
नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो ।साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


