मधेस कृषि विश्वविद्यालयमा पहिलो सत्रका लागि भर्ना प्रक्रिया सुरू

जनकपुरधाम, २९ कार्तिक । मधेस कृषि विश्वविद्यालयमा पहिलो सत्रका लागि भर्ना प्रक्रिया सुरू भएको छ ।
विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुरले पहिलो शैक्षिक सत्रका लागि विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि भर्ना सुरू गरेको जानकारी दिए ।
कार्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म अनलाइन माध्यमबाट विद्यार्थी भर्ना सुरू गरिएको ठाकुरले बताए ।
गत वर्ष मंसिर २७ गते सप्तरीको राजविराजमा स्थापना गरिएको विश्वविद्यालयले नयाँ भर्ना गर्ने विद्यार्थीले बी.एस.सी.एजी अर्थात् कृषि विषयका लागि स्नातक तहमा भर्ना भई अध्ययन गर्न पाउनेछन् ।
विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थी भर्ना हुन पाउनेछन् । तीन महिनाअघि कोर्स डिजाइन गरिएअनुसार विश्वविद्यालयले खासगरी महिला, मधेसी, दलित, अपाङ्ग, मुस्लिम लगायतका कोटाहरू छुट्याएर पहिलो वर्ष ५० सिटका लागि भर्ना खोलिएको उपकुलपति डा. वैजनाथ महतोले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


