मंगलबार १४ नयाँ संक्रमित थपिए, २० जना संक्रमणमुक्त

काठमाडौं, २९ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ४९१ रहेको छ ।
यस अवधिमा ४१ हजार २४४ ले खोप लगाएको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


