एजेन्सी, २९ कार्तिक । तेहरानमा एक व्यक्तिलाई मृत्युदण्डको फैसला सुनाइएको छ । त्यहाँको एक अदालतले देशमा चलिरहेको विरोध प्रदर्शनमा संलग्न रहेको आरोपमा पहिलो पटक मृत्युदण्डको सजाय दिएको हो ।

इरानी न्यायपालिकाले आइतबार ती व्यक्तिलाई मृत्यु ण्ड दिएको जानकारी दिएको छ । मृत्युदण्डको दिइएको व्यक्तिको नाम भने खुलाइएको छैन ।

ती व्यक्तिविरुद्ध ‘सरकारी केन्द्रमा आगो लगाएको, शान्ति व्यवस्थामा खलल पु¥याएको र राष्ट्रिय सुरक्षाविरुद्ध कदम चालेको’ आरोपका अतिरिक्त ‘भगवानविद्धरु युद्ध छेडेको (मोहरेबेह)’ आरोप रहेको अदालतले बताएको छ ।