जनकपुरधाम, २९ कार्तिक । महोत्तरी प्रहरीले जिल्लाको बलवा नगरपालिका वडा नम्बर–७ बनौटा टोलबाट ७ जनालाई पक्राउ गरेको छ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ७ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको हो ।

पार्टीका केन्द्रीय सदस्य विरेन्द्र यादव, राजेश्वर यादव र ज १ च ११७१ नम्बरको टाटासुमोका चालकसहित ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।

उनीहरुको साथबाट चुनाव विरोधी पर्चा तथा माइकिङ सामग्री वरामद गरिएको एसपी पंगेनीले बताए ।