एजेन्सी, २९ कार्तिक । अमेरिकामा तीन फुटबल खेलाडीको हत्या गरिएको छ । युनिभर्सिटी अफ भर्जिनिया टिमका तीनजना सदस्यलाई क्याम्पसमा गोली हानी हत्या गरिएको हो ।

आइतबार साँझ फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चल्दा अन्य दुईजना घाइते भएका छन् ।

युनिभर्सिटी क्याम्पसको पार्किङ ग्यारेजमा उनीहरूमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । एक संदिग्ध पक्राउ परेका छन् । प्रहरीले अनुसन्धान जारी राखेको छ ।

मारिनेहरूमा भर्जिनियाबीचका दोस्रो वर्षका विद्यार्थी डेभिन चन्डलर, फ्लोरिडाको मियामीका चौथो वर्षका विद्यार्थी डिसेन पेरी र रिच हिल, साउथ क्यारोलिनाका तेस्रो वर्षका विद्यार्थी लाभेल डेभिस रहेका छन् ।