फुलहमविरुद्ध युनाइटेडको रोमाञ्चक जित

एजेन्सी, २८ कार्तिक । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । ऊ घरेलु टोली फुलहमविरुद्ध २–१ ले विजयी भएको हो ।
क्रेभेन कटेजमा खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिकसनको गोलमार्फत युनाइटेडले शुरुवाती अग्रता लिएको थियो । ६१ औं मिनेटमा डेनियल जेम्सले फुलहमलाई १–१ को बराबरीमा ल्याए ।
थप गरिएको समयमा अलेजान्ड्रो गार्नाचोले गोल गरेपछि पाहुना टोलीले २–१ को रोमाञ्चक जित निकाल्यो । यो जितसँग युनाइटेड १४ खेलमा २६ अंक जोडेर पाँचौं स्थानमा रहँदा पराजित फुलहम समान खेलबाट १९ अंकका साथ नवौं स्थानमा छ ।
लिगअन्तर्गकै अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २–१ ले पराजित गर्यो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


