काठमाडौं, २८ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४२५ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८ तथा एन्टीजेन विधिबाट १ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २३ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ४९९ रहेको मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।