काठमाडौं, २७ कार्तिक । सन् २०२७ को यू–१९महिला टी–२० विश्वकप नेपाल र बंगलादेशले संयुक्तरूपमा आयोजना गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले आइतबार २०२७ मा हुने यू–१९ आयोजना गर्ने जिम्मा नेपाल र बंगलादेशलाई दिइएको जनाएको छ । नेपालले पहिलोपटक कुनै पनि विश्वकप आयोजना गर्नेछ ।

२०२४ को यू–१९ पुरुष विश्वकप श्रीलंका तथा २०२६ को जिम्बाब्वे र नामिबियाले आयोजना गर्नेछन् । २०२५ को यू–१९ महिला विश्वकप आयोजना गर्ने जिम्मेवारी मलेसिया र थाइल्याण्डले प्राप्त गरेका छन् ।