लिभरपुल किन्ने मुकेश अम्बानीको चाहना

एजेन्सी, २७ कार्तिक । भारतीय अर्बपति मुकेश अम्बानीले लिभरपुल किन्ने चाहना देखाएका छन् ।
मिररका अनुसार लिभरपुल अहिले बिक्रिमा भएका कारण अम्बानीले पनि प्रिमियर लिग क्लब किन्ने चाहना देखाएका हुन् ।
यसअघि अम्बानी, लगभग ९० बिलियनको नेटवर्थ रहेका अम्बानी फोर्बसको सुचि अनुसार विश्वकै आठौं धनी व्यक्ति हुन् । लिभरपुलको वर्तमान मालिकहरू फेनवे स्पोर्ट्स ग्रुपलाई प्रस्ताव गर्ने बताएका छन् ।
लिभरपुल हाल प्रिमियर लिगमा राम्रो अवस्थामा छैन । लिभरपुलले १४ खेलमा २२ अंक जोडेको छ । लिभरपुल तालिकाको छैटौँ स्थानमा छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


