पर्सा, २७ कार्तिक । डेंगु संक्रमणबाट पर्साको जिराभवानी गाउँपालिकाका एकजनाको मृत्यु भएको छ ।

जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल बस्ने ३५ वर्षीय श्रीराम मिर्दाहा थारुको डेंगु संक्रमणबाट मृत्यु भएको हो ।

थारुको स्वास्थ्यमा समस्या आएपछि कार्तिक १२ गते वीरगञ्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएको थियो ।

हेल्थ केयरमा उपचारको क्रममा उनलाई डेंगु संक्रमण भएको पुष्टी भएको थियो ।

स्वास्थ्य अवस्थामा सुधार नआएपछि हेल्थ केयरले थप उपचारका लागि कार्तिक २३ गते काठमाडौं रिफर गरेका थियो ।

कलंकीस्थित नेपाल नेशनल हस्पिटलमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।