आइतबार १५ नयाँ संक्रमित थपिए, ३० जना संक्रमणमुक्त

काठमाडौं, २७ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९८५ जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कुल नमुनामध्ये ७७४ जनाको पिसिआर र १ हजार २२१ जनाको एन्टीजेन परीक्षण गरिएको थियो ।
पछिल्लो २४ घण्टामा ३० जना संक्रमणमुक्त भएका छन् । देशभर हाल ५१४ जना सक्रिय संक्रमित रहेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


