काठमाडौं, २६ कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६८० जनाको नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २४ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर हाल सक्रिय संक्रमितको संख्या ५३० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६५ हजार ९५१ जनाले खोप लगाएको मन्त्रालयले जनाएको छ ।